बागलुङ नगरपालिका, नगर कार्यपालिकाको कार्यालय

डिजिटल वडा प्रोफाइल - वडा नं १४

नारायणस्थान, बलेवा

पोषण सप्ताह कार्यक्रमका औपचारिक रूपमा सुरु



"जेठ महिनाको पहिलो साताबाट सुरु हुने र तय भएको पोषण सप्ताह कार्यक्रम आजबाट औपचारिक रूपमा सुरु गरिएको छ।

यद्यपि कार्यक्रमको सेड्युलमा केही तलमाथि भए पनि, आजदेखि हाम्रो नियमित गतिविधिहरू सञ्चालनमा आएका छन्।

कार्यक्रम अन्तर्गत आज पोषण प्रदर्शनीका साथै मातृत्व तथा शिशु पोषणसँग सम्बन्धित विषयमा अन्तरक्रिया, छलफल तथा स्वास्थ्य शिक्षा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।"

त्यस्तै श्री गणेश माध्यमिक विद्यालयमा विद्यालय नर्स श्री कविता सुवेदी मार्फत पोषण प्रदर्शनी, सरसफाई तथा स्वास्थ्य शिक्षा कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएका छन्।

Download: पोषण सप्ताह कार्यक्रमका औपचारिक रूपमा सुरु